
०७ भदौ २०७६, काठमाडौं
सोलुखुम्बुको इलाका स्वास्थ्य केन्द्र सोताङमा पहिलो पटक प्रसुति शल्यक्रिया सफल भएको छ।
गत २६ असारमा डेलिभरी केशमा छिमेकी गाउँपालिका महाकुलुङबाट इलाका स्वास्थ्य केन्दमा पुर्याइएका २१ वर्षीया सुमित्रा राईको शल्यक्रिया सफल भएको हो।
बिहीबार साँझ एम.डी.जी.पि. डाक्टर नविन व्यारको नेतृत्व तथा अन्य डाक्टरहरुको सहयोगमा उक्त शल्यक्रिया सफल भएको हो।
शल्यक्रिया पहिलोपटक भएकाले आवश्यक उपकरण नहँुदा केही समस्या भएको सोताङ गाउँपालिका स्वास्थ्य संयोजक श्रीध्वज राईले बताए।
यसअघि सोताङ र महाकुलुङबासीलाई यस्तो समस्या पर्नासाथ हेलिकोप्टर चार्टर गरेर राजधानी आउनुपर्ने बाध्यता थियो।
आफ्नै गाउँमा सो समस्या सुल्झेसँगैं त्यहाँका स्थानीयबासीहरु हर्षित बनेका छन्।





