एमआरआई गर्नुअघि जान्नैपर्ने कुराहरु



०७ भदौ २०७६, काठमाडौं

एमआरआई गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोस् यी कुराहरुमाः

–गहना तथा अरु कुनै धातुजन्य वस्तु भुलेर पनि नलगाउनुहोस्।

–धातु मिसिएको वस्तु जस्तै कस्मेटिक अथवा श्रृंगारका सामग्री लगाउनुहुँदैन।

–दाँत भरेको, दाँतमा तार हालेको अथवा शरिरको कुनै अंगमा फलामको वस्तु छ भने एमआरआइ गर्न अघिनै चिकित्सकहरुलाई जानकारी दिनुहोस्।

–स्वास्थ्यमा अन्य समस्य तथा गर्भवती हो भने सुचना दिनुहोस्।

–शरिरमा ट्याटुहरु भएको खण्डमा जाँच गर्न अघि नै डाक्टरलाई भन्न नभुल्नुहोस्।

–एमआरआइ मेसिनको चुम्बकको शक्ति बढि भएको कारणले कार्डियाक पेसमेकर, डिफिब्रिलेटर, कान प्रत्यारोपण, कृतिम हृदय भल्भ राखिएको बिरामीको स्क्यान गर्न सकिँदैन यदि स्क्यान गरियो भने गम्भीर समस्याहरु पैदा हुन जान्छ।

जसकारण पहिला नै जानकारी दिनुहोस्।

–औषधि दिएर एमआरआइ गर्नुपरेका खण्डमा बिरामीलाई ४ घण्टाको खाली पेट चाहिनुका साथैयुरेयी र क्रियाटिनाइनको रगतको रिपोर्ट पनि लिएर जानुहोस्।

–एमआरआइ गर्न आउँदा पुरानो रिपोर्ट जस्तैः एक्सरे, युएसजी, सिटी स्क्यान, तथा डिस्चार्ज कार्ड छ भने उक्त रिपोर्टहरु पनि लिएर मात्रै आउनुहोस्।

प्रतिक्रिया दिनुहोस्