
०७ भदौ २०७६, काठमाडौं
क्यान्सरको नाम सुन्ने बित्तिकै प्रायः सबैजना डराउँछन्।
क्यान्सर दिर्घ रोग हो।
पछिल्लो समय क्यान्सरका कारण धेरै मानिसको मृत्यु हुने एक तथ्यांकले देखाएको छ।
त्यसैले क्यान्सरबाट बच्नका लागि यी सुत्रहरु जान्नुहोस्ः

सक्रिया जीवनशैलीः
क्यान्सरबाट बच्नका लागि मानिस आफु सधैँ सक्रिया जीवनशैली जीवन एक अध्ययनले खुलाएका छ।
दैनिक कम्तीमा ४५ मिनेट सम्म विभिन्न किसिमका एक्सरसाईज गर्न चिकित्सकहरु सल्लाह दिन्छन्।
जसले गर्दा क्यान्सरजस्ता भयानक रोगबाट बच्न सकिन्छ।
सुर्तीजन्य पदार्थ र जाँड रक्सीबाट टाढै रहनुहोस्ः
चूरोट, बिडी, तमाखू, खैनी,सुर्ती आदिको सेवनले मूख, श्वासनली, फोक्सो, आमाशय, गर्भाशय, मूत्रनली, मृगौला इत्यादि अङ्गहरुमा क्यान्सर हुने चिकित्सकहरुको भनाई छ।
जसकारण यस्तो चीजहरुबाट टाढा रहनु स्वास्थ्यका लागि अत्ति उत्तम उपाय हो।
स्वास्थ्यमा समस्य देखिने बित्तिकै जचाउनुहोस्ः
शरिर स्वस्थ छैन भने तत्काल जाँच गराउनुपर्ने चिकित्सकहरु सल्लाह दिन्छन्।
यस्तो गर्नाले क्यान्सरबाट बच्न सकिन्छ।
अस्वस्थकर खानपानबाट टाढै रहनुहोस्ः
मानिस क्यान्सर हुनुको कारणमध्ये खानपान पनि एक हो।
बासी, सडेगलेको ,ढूसी परेको, हानिकारक रङ्गहरू भएको खाना,किटनाषक औषधि र रसायनिक मलहरू प्रयोग भएको अन्न, फलफुल, तरकारी र सागपातहरू,धेरै नुनिलो,वोसो भएको मासुको सेवनले विभिन्न अंगको क्यान्सर गराउने हुने चिकित्सकहरु बताउँछन्।
जसकारण यस्तो खानपानबाट टाढै रहनुहोस्।





