प्रधानमन्त्री ओलीको स्वास्थ्यको बिषयमा प्राडा शाह यसो भन्छिन्



०५ भदौ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य बारेमा विभिन्न किसिमका टिका टिप्पणी चलि रहेका बेला क्याविनेट चिकित्सक प्राडा दिव्या सिंह शाहले औपचारिक जानकारी दिएकी छन्।

प्रधानमन्त्री ओली सिंगापुर उड्नु केही मिनेट अघि सार्वजनिक गरेको विवरणमा मृगौला सम्वन्धी एन्टीबडीको मात्रा केही बढी देखिन गएको र त्यसलाई शरिरबाट निस्कासन गर्ने उपचार विधिलाई निरन्तरता दिन त्यसतर्फ लागेको बताइएको हो।

यसपटक पनि ओलीको मृगौला सम्वन्धी थप परीक्षण र क्षमता अभिबृद्धिका लागि आवश्यक उपचार समेत हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्