हेटौँडा स्वास्थ्य कार्यलयमा सक्योः डेङ्गु जाँच गर्ने ‘कीट’



०५ भदौ २०७६, काठमाडौं

डेङ्गु संक्रमणकोे कारण मकवानपुरमा दिन–प्रतिदिन बिरामीको सङ्ख्या बढिरहेको अवस्थामा स्वास्थ्य कार्यालय मकवानपुरले डेङ्गु जाँच गर्ने ‘कीट’ सकिएको जनाएको छ।

कार्यालयले एक सूचना सार्वजनिक गर्दै जाँच गर्ने कीट सकिएको जनाएपछि बिरामी निजी अस्पतालतर्फ गएको गुनासो गरको हो।

स्वास्थ्य कार्यालयको भित्तामा ‘यस स्वास्थ्य कार्यालय मकवानपुरको प्रयोगशालामा डेङ्गु परीक्षण कीट सकिएको जानकारी गराउँछौँ’ लेखिएको सूचना टाँसिएको छ।

यो सूचनाले सरकारी स्तरबाट सञ्चालन भएका स्वास्थ्य संस्थाहरु नागरिकको स्वास्थ्यप्रति गम्भीर नभएको जनगुनासो आएको छ।

सूचनाको विषयमा कार्यालयका प्रमुख शशिकान्त सिंहले आफूहरुले कीट नभएरै सूचना जारी गरेको र कहिले आउँछ भन्ने अझै ठेगान नभएको बताए।

उनले आफूहरुले माग गरेकोभन्दा कम कीट आएका कारण समस्या भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्