सावधानः क्यान्सरको जोखिमबाट बच्न भुलेर पनि यस्तो खानपान नगर्नूहोस्



०५ भदौ २०७६, काठमाडौं

विभिन्न रोगको शिकार बन्नुको मूख्य कारक तत्व नै खानपान हो।

जब, हामी खानपानमा हेलचेक्र्याई गर्न थाल्छौं।

तब, अनेकौ डर लाग्ने रोगहरुको शिकार बन्न पुगिरहेका हुन्छौं।

मानिसको आफ्ना स–सानो गल्तीका कारण जीवनमा गएर पछुताउनु वाहेक अरु विकल्प नै हुँदैन।

त्यसैले त मानिस जुन रोगहरुमध्ये क्यान्सर जस्तो भयानक रोगको शिकार बन्नुको मूख्य कारक तत्व नै खानपान लापारवाही हो।

प्रायः मानिसहरु क्यान्सरको नाम सुन्नेबित्तिकै डराउने गर्छन्।

त्यसैले त भन्ने गर्छौ नि, ‘रोग त शत्रुलाई पनि नलागोस्’

क्यान्सर दिर्घ रोग हो।

क्यान्सर हुनुको मूख्य कारक तत्व नै हो–खानपान

यस्तो खानपान गर्नाले हुन्छ क्यान्सर जान्नुहोस्ः

 

 

बोसोयुक्त मासुः

बोसोयुक्त मासु र जनावरको बोसो हालेर तयार पारिएको खानेकुरा कहिल्यै नखानुहोस्।

किनभने, यस्तो खाना खानुले क्यान्सर हुने जोखिम बढाउने चिकित्सकहरुको भनाई छ।

बरु यस्तो मासुको सट्टा माछा खानु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ।

रातो मासुः

सुंगुर र खसीको फलमासु खाँदाको मज्जा नै बेग्लै हुन्छ।

तर….

खाँदा जत्ति मज्जा हुन्छ त्यत्ति नै खतरनाक पनि हुन्छ।

विभिन्न अध्ययनका अनुसार ‘रातो मासु बढी खानाले क्यान्सर लाग्ने सम्भावना बढि मात्रामा हुन्छ।’

रातो मासु दिनमा १ सय ४० ग्रामभन्दा बढी नखान चिकित्सकहरु सल्लाह दिन्छन्।

तारेको खानेकुरा

बढी मात्रामा तारेको खानेकुरा खानाले शरिरमा एक्रिलामाइड नामक तत्वको सञ्चय बढ्न जान्छ।

जसले पुरुषमा सन्तान उत्पादन गर्ने क्षमता कम गरिदिनेदेखि क्यान्सरको जोखिम बढाउने विज्ञहरुको भनाई छ।

रक्सी तथा चुरोट

रक्सीको लत लागेर छोड्नै नसक्ने अवस्थामा हो भने दुई पेगभन्दा बढी नखानुहोस्।

एक अध्ययनका अनुसार ‘बढी रक्सीको सेवनले मुख,पाठेघर र स्तनसम्बन्धी क्यान्सर हुने जोखिम बढी मात्रामा हुन्छ।

त्यस्तै, चुरोट खाने मानिसलार्ई फोक्सोमा क्यान्सर हुने सम्भावना हुन्छ।

नुन

दिनमा ६ ग्राम भन्दा बढी नुन खानुहुँदैन।

नुन बढी मात्रामा खानाले उच्च रक्तचाप र हृदयाघातको मात्र नभई क्यान्सरको जोखिम हुने चिकित्सकहरुको भनाई छ।

 

प्रतिक्रिया दिनुहोस्