प्रधानमन्त्री ओली पुनः सिंगापुर जादै



०४ भदौ २०७६, काठमाडौं

सिंगापुरबाट उपचार गरी फर्किएको १० दिन पछि प्रधानमन्त्री केपी शर्मा ओली विहिबार (भोली) पुनः त्यसतर्फ लाग्दैछन्।

बिहीबार दिउसो थाइ एयरको नियमित उडानबाट उनी त्यसतर्फ लाग्ने भएपनि उनको स्वास्थ्य अवस्था भने अहिलेसम्म बताइएको छैन।

उनी आफैले र उनका सहयोगीहरुले हल्ला चलेजस्तो समस्या नभएको बताउँदै आएका छन्। त्यसो हो भने उनी यति छिटै किन फेरी सिंगापुर दौडनुपर्यो? चासो राख्ने आम सर्वसाधारणले सोझो प्रश्न राख्ने गरेका छन्।

क्याविनेट चिकित्सकको रुपमा नियुक्ति पाएकी मृगौला रोग विशेषज्ञ प्राडा दिव्या सिंह शाह प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा बोलेकी छैनन्।

त्यसो त प्रधानमन्त्रीको दैनिकी हेर्दा उनीमा ठूलो समस्या छ जस्तो देखिदैन्। पछिल्ला दिनमा ओलीकै सक्रियतामा पार्टी भित्रको राजनीतिक गाँठो खुकुलो पार्ने प्रयास गरिएको छ।

उनकै अध्यक्षतामा मन्त्रिपरिषद बैठक बसेको छ। केही सार्वजनिक समारोहमा समेत उनी उपस्थित भई आफ्नो स्वास्थ्यबारेमा समेत बोलेका छन्। तर बाहिर बोले जस्तो मात्रै उनको समस्या होइन भन्ने धेरैको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्