यसकारण भुलेर पनि राती ढिलो खाना खाने र सुत्ने नगर्नुहोस्



०४ भदौ २०७६, काठमाडौं

प्रायः नेपालीहरु आ–आफ्नो कामको व्यस्तताका कारण खानपानमा भने त्यत्ति ख्याल गरिरहेका हुँदैनन्।

अझ, अधिकांश मानिसहरुको त कुन समयमा खाना खाने,सुत्ने,उठ्नेको त समय तालिका नै हुँदैन।

त्यसैले प्रायः नेपालीहरु विभिन्न रोगको शिकार बन्न पुगिरहेका हुन्छन्।

कतिजनाको बानी हुन्छ।

राती ढिलो खाना खाने, सुत्ने र विहान ढिलोसम्मै नउठ्ने।

यस्तो वानी कदापी राम्रो मानिदैन!

यसरी राती ढिलो खाना खाने, सुत्ने वानीले मानिसको स्वास्थ्यमा नराम्रो असर पुर्याईरहेको हुन्छ।

ढिलो खाना खाँदाको असरहरु जान्नुहोस्ः

पाचन प्रक्रियामा समस्याः

ग्याष्ट्रिकको समस्य छ भने खाना खाने समयको परिवर्तन गर्न आवश्यकता छ।

किनभने राती ढिलो खाना खानुले शरिरमा राम्रोसँग डाइजेस्ट हुन सक्दैन्।

जसका कारण बढी मात्रामा ग्यास्ट्रिकको समस्या बढ्न सक्ने चिकित्सकहरुको भनाई छ।

तौल बढ्नु

राती ढिलो खाना खानुले शरिरको स्केडियन क्लक पनि प्रभावित हुन जान्छ।

स्केडियन क्लक विग्रिन गई निन्द्रामा समस्या आउनुका साथै हार्मोन्सको संतुलन पनि खराव भएर जान्छ।

जसकारण शरिरका तौल बढ्न थाल्छ।

ब्लड प्रेसर बढ्छ

गलत समयमा खाना खानाले हृदयघात र मधुमेहको खतरा बढी हुन सक्ने सम्भावना बढी मात्रामा हुने चिकित्सकहरुप् बताउँछन्।

एक अध्ययनका अनुसार, राती ढिला खाना खाँदा ब्लड प्रेसरको समस्या तथा ब्लडमा सुगरको लेवल समेत बढ्छ।

यस्तो मानिसको स्वास्थ्यका लागि खतरनाक सावित हुन सक्छ।

सुत्नमा समस्या

राती ढिलो खाना खाँदा शरिरको स्लीप साइकिल डिस्टर्ब हुन्छ।

सन २०१५ मात्र गरिएको एक अध्ययन अनुसार, राती ढिलो खाना खानुले निद्रामा त समस्या हुन्छ नै साथमा ग्यास्ट्रिकले अत्यधिक मात्रामा सताउने हुन्छ।

प्रतिक्रिया दिनुहोस्