स्वस्थ रहन कुन–कुन समयमा पानी पिउने? यसो भन्छन् विज्ञहरु



०४ भदौ २०७६, काठमाडौं

रोग मानिसको शत्रु हो।

‘रोग लाग्नु भन्दा लाग्न नदिनु नै बुद्धिमान मानिन्छ।’

त्यसैले स्वस्थ रहने एक उपाय मध्ये पानी पनि एक हो।

‘मानिसको शरिरको दुई हिस्सा भाग पानीले बनेको हुन्छ।’

त्यसैले स्वास्थ्यका लागि पानी फाईदाजनक मानिन्छ भन्ने त हामी सबैलाई जानकार भएकै कुरा हो।

तर……

पानी कुन–कुन समयमा पिउने भन्ने कुरा सबैजनालाई थाहा नहुन सक्ला?

हरेक दिन आठ गिलास पानी पिउनु चिकित्सकहरु सल्लाह दिन्छन्।

तर…….

कुन समयमा कति पिउने भन्ने विषयमा यी जानकारी तपाईहरुको लागिः


कुन समयमा पिउनेः

विहान उठ्नेबित्तिकै एक गिलास पानी पिउनुहोस्।

जसले शरिरका हरेक अंगहरुलाई क्रियाशिल बनाउँछ।

विहानको खाजा खानु अघि नै पानी पिउनुहोस् जसले शरिरका विषाक्त पदाथ निकाल्न सहज हुने विज्ञहरुको भनाई छ।

खानाअघि एक गिलास पानीः

खाना खानुभन्दा आधा घण्टा पहिले नै कम्तीमा एक गिलास पानी पिउनु स्वास्थ्यका लागि निकै लाभदायिक मानिन्छ।

जसले पाचन प्रणालीलाई सहयोग पुर्याउने विज्ञहरुको भनाई छ।

खानापश्चात एक गिलास पानीः

विभिन्न अध्ययनका अनुसार, खाना खाईसकेपछि एक गिलास पानी पिउनु स्वास्थ्यका लागि लाभदायिक मानिन्छ।

जसले शरिरका पाँचन शक्तिलाई थप सहयोग पुर्याउन मदत गर्दछ।

नुहाउनु भन्दा अघि एक गिलास पानीः

 

नुहाउनु अघि एक गिलास पानी पिउँदा रक्तचापको स्तर ठिक हुने चिकित्सकहरुको भनाई छ।

त्यसैले नुहाउनु अघि एक गिलास पानी पिउनुहोस्।

सुत्नु अघि एक गिलास पानीः

सुत्नु भन्दा अघि एक गिलास पानी पिउनाले रातीको समयमा शरिरमा हुनेवाला पानीको नोक्सानको पूर्ति हुनसक्ने विज्ञहरु सल्लाह दिन्छन्।

त्यसैले हरेक समय सुत्नुभन्दा अघि एक गिलास पानी पिउनुहोस्।

प्रतिक्रिया दिनुहोस्