बाँके स्वास्थ्य चौकी: बढ्यो सेवाग्राहीको चाप



०४ भदौ २०७६, काठमाडौं

बाँकेको डुडुवा गाउँपालिकाको स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप थामिनसक्नु भएको छ।

दुई वर्षअघिसम्म वर्षमा नौ हजार बिरामी आउने सो स्वास्थ्य केन्द्रमा प्रयोगशालासहितको उपचार सेवा निःशुल्क भएपछि वार्षिक २४ हजार बिरामी उपचारका लागि आउने गरेका छन्।

स्थानीय तह गठनपछि सो गाउँपालिकाले आफ्नो मातहतको स्वास्थ्यचौकीमा २०७४ फागुनदेखि निःशुल्क प्रयोगशालासहितको उपचार सेवा उपलब्ध गराउँदै आएकाले सेवाग्राहीको चाप बढेको जनाइएको छ।

स्वास्थ्यचौकीका प्रमुख हेमन्त शर्माका अनुसार निःशुल्क प्रयोगशाला सञ्चालन भएसँगै स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या झण्डै तीन गुणाले बढेकाले बिरामीको उपचारका लागि छ स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले यस स्वास्थ्यचौकीका लागि छिट्टै एक चिकित्सक पनि थपिने बताए।

प्रतिक्रिया दिनुहोस्