तुलसीभित्र लुकेका कैयौ गुणको बारेमा जानकार हुनुहोस्



०४ भदौ २०७६, काठमाडौं

तुलसी बहुगुणी वनस्पती हो।

नेपालमा लगभग सबैजनाको घर–घरमा रोप्ने गरिन्छ।

प्रायः मानिसहरुले तुलसीको पातको उपयोगीलाई वुझेर नै आ–आफ्नो घरको आगनतिर रोप्ने गरेको पाईन्छ।

एक अध्ययनका अनुसार तुलसीमा १/२ मात्रै होईन जसमा कैयौ औषधीका गुणहरु पाईन्छ।

चिकित्सकहरुका अनुसार, सामान्य ज्वरो,रुघा इत्यादिबाट बच्नका साथै यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन मदत गर्दछ।

त्यस्तै, दूध पनि बहुगुणी पेय–पदार्थ हो।

यो जत्ति स्वादिलो हुन्छ,उत्तिनै गुणयुक्त पनि।

चिकित्सकहरुका अनुसार दूधमा क्याल्सियम लगायत पोषक तत्व पनि पाईन्छ।

त्यसैले अब जान्नुहोस्, दूध र तुलसीलाई एकै ठाउँ मिश्रणको फाईदाः


हृदय रोग

प्रत्येक दिन दूधमा तुलसीको पात उमालेर सेवन गर्नाले हृदय रोगीका लागि निकै फाईदाजनक हुन्छ।

चिकित्सकहरुका अनुसार, त्यत्ति मात्रै नभएर मुटुलाई पनि स्वस्थ राख्न मदत गर्दछ।

दम रोग

हरेक समय दूधमा तुलसीको पात उमालेर पिउनाले श्वासप्रश्वाससँग सम्बन्धित रोगबाट ग्रसित व्यक्तिका लागि निकै फाईदाजनक हुन्छ।

यसरी तुलसीको पात दूधमा उमालेर सेवन गर्दा दम रोगीका लागि राहत मिल्छ।

माइग्रेनमा राहत

दूधमा तुलसीको पात उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ।

पत्थरीको समस्या

यदि तपाई पत्थरीबाट ग्रसित हुनुहुन्छ भने दूधमा तुलसीको पात उमालेर खाली पेटमा पिउनुहोस्।

जसले मृगौलाको पत्थरी हटाउन मदत गर्दछ।

तनाव वा डिप्रेसन

चिकित्सकहरुका अनुसार दूधमा तुलसीको पत्ता उमालेर सेवन गर्नाले तनाव वा डिप्रेसनबाट छुटकारा मिल्छ।

त्यस्तै, तनाव तथा चिन्ता कम हुन्छ।

रोग प्रतिरोधात्मक क्षमता

तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाईने भएकाले शरिरका रोग प्रतिरोधात्मक क्षमता बढाउन मदत गर्दछ।

चिकित्सकहरुका अनुसार क्यान्सर पैदा गर्ने कोशिकासँग लड्ने क्षमता पनि हुन्छ।

बनाउने तरिकाः

–डेढ गिलास दूध उमाल्नुहोस्।

–जब दूध उम्लन सुरु हुन्छ, त्यसमा ८ देखि १० वटा तुलसीको पात राख्नुहोस्।

–सेलाउन दिनुहोस्।

–मन–तातो भएपछि पिउनुहोस्।

प्रतिक्रिया दिनुहोस्