बिना मेकअप सुन्दर तथा आर्कषक देखिनका लागि यी तरिका जान्नुहोस्



०२ भदौ २०७६, काठमाडौं

सुन्दर तथा आकर्षक व्यक्ति मन नपराउने यहाँ कमै मात्रामा होलान्।

त्यसैले, मानिस आफू सुन्दर देखिनका लागि मेहेनत त पक्कै गरिरहेका नै हुन्छन्।

जसमा पनि युवावस्थाका व्यक्तिहरु बढी मात्रामा सक्रिया देखिन्छन्।

आज हामी तपाईहरुलाई विनामेकप सुन्दर तथा आकर्षक देखिने केही उपायहरु दिदैछौं।

जसले तपाईलाई सधैँ सुन्दर देखिन मदत गर्दछ।

–प्रशस्ता मात्रामा पानी पिउँनुहोस्।

जसले शरिरका विकार तत्व बाहिर निकालि त्वचा आकर्षक र सुन्दर बनाउन मदत गर्दछ।

–अनुहार गर्दनका साथै हात खुट्टामा सधैँ मस्चराइजरको प्रयोग गर्नुहोस्।

–दिनमा कम्तीमा ३–४ पटक फेशवासले अनुहार धुने गर्नुहोस्।

यसरी नियमित धुनले अनुहारमा धूलो तथा फोहोर जम्न पाउँदैन।

–हरेक दिन स्याम्पुले कपाल धुने र सुहाँउदो अनुसार समय–समयमा कपाल काट्ने गर्नुहोस्।

–दैनिक रुपमा टोनरको प्रयोेग गर्नुहोस् यसले त्वचाको चिल्लोपन हटाउन मद्दत गर्छ ।

–हरेक समय स्वस्थ र मौसम अनुसारका ताजा फलफूलका साथै हरिया सागसब्जीको सेवन गर्नुहोस्।

–बाहिर निस्किनभन्दा अघि घामबाट बच्नका लागि सनस्क्रिनको प्रयोग गर्नुहोस्।

जसले तपाइँको अनुहारलाई घामको किरणबाट बचाउँनका साथै प्राकृतिक रुपमा सुन्दर र स्वस्थ बनाउँछ। ।

प्रतिक्रिया दिनुहोस्