स्वास्थ्य केन्द्र अस्पतालकोे जिम्मा लियोः नगरपालिकाले



०२ भदौ २०७६, काठमाडौं

खतरनाक रोगहरुको स्याङ्जाको गल्याङ– ३ बल्पुकमा अवस्थित गल्याङ सामुदायिक स्वास्थ्य केन्द्र अस्पतालको सेवा प्रभावकारी बनाउने जिम्मा नगरपालिकाले लिएको छ।

गल्याङ तथा आसपासका बासिन्दा उपचारका लागि तानसेन, बुटवल तथा पोखरा जानुपर्ने अवस्था अन्त्य गर्न सञ्चालन गरिएको उक्त स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा गल्याङ नगरपालिकाले लिएको हो।

झण्डै १० वर्षअघि स्थानीयवासीबाट रु २५ लाख चन्दा सङ्कलन, बुटवल पावर कम्पनीबाट रु ४० लाख सहयोग, नेपाल सरकारबाट पटकपटकमा रु तीन करोड र भारतीय सरकारबाट रु पाँच करोड गरी करीब रु आठ करोड ६५ लाखको लागतमा स्वास्थ्य केन्द्र निर्माण गरिएको अध्यक्ष लालगोपाल अर्यालले बताए।

“खरिद गरिएको पन्ध्र रोपनी जग्गामा भवन निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएका थियौँ”, उनले भने, “स्वास्थ्य केन्द्रबाट अझै बढी सेवा दिनुपर्ने र स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने आवश्यकता महशुस गरी यो संस्था र नगरपालिकाको संयुक्त सहकार्यमा सेवा सञ्चालन गर्न लागिएको हो ।”

पन्ध्र श्ययाको अस्पतालअनुमति पाएको यस केन्द्रको आवश्यक मापदण्ड पूरा गरी श्यया थप गरिने र सेवालाई प्रभावकारी तवरले सञ्चालन गरिने नगरप्रमुख भूपराज अधिकारीले बताए नाम

प्रतिक्रिया दिनुहोस्