औषधि व्यवसायी सङ्घ कास्कीमा विक्रम पन्त



०१ भदौ २०७६, काठमाडौं

नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला कार्यसमितिको अध्यक्षमा विक्रम पन्त निर्वाचित भएका छन्।

पन्तले प्रतिष्पर्धी सञ्जीव देवकोटा क्षेत्रीलाई पराजित गरी प्रथम अधिवेशनबाट अध्यक्ष बनेका हुन ।

शनिबार राति सम्पन्न मतदानबाट पन्तको पक्षमा १४५ र प्रतिष्पर्धी देवकोटाको पक्षमा १३२ मत परेको थियो।

सङ्घको उपाध्यक्षमा धीरज गौतम, महासचिवमा पूर्णबहादुर बस्नेत ‘काजी’, कोषाध्यक्षमा मिलन श्रेष्ठ, सचिव निराजन रेग्मी र उपकोषाध्यक्षमा विक्रमराज पहारी निर्वा्चित भए।

त्यसैगरी तीन सदस्यमा सुमन तिवारी, आशा आले रानामगर र दुर्गाप्रसाद अधिकारी निर्वा्चित भएका हुन् ।

यसअघि सङ्घको उद्घाटनसत्रमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले औषधि व्यवसायी नाफामुखी मात्र हुन नहुने भन्दै सामाजिक दायित्वमा ध्यान दिन आग्रह गरे।

उनले नागरिकको लागि एकीकृत स्वास्थ्य अभियानबाट बजेटको व्यवस्था गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्