रेड वाईनको सेवनले डिप्रेशनबाट बचाउँछ: एक अमेरिकी रिपोर्ट



३२ श्रावण २०७६, काठमाडौं

मदिरा पारखिहरुको लागि रेड वाईन सर्वाधिक प्रिय भनेर पनि चिनिन्छ।

पछिल्लो समय जुन पेय प्रति पुरुषको तुलनामा महिलाहरुको आकर्षण बढी नै देखिने अध्ययनले खुलाएको छ।

जुन पेयले पार्टीलाई शोभा पनि बढाईदिन्छ।

रेड वाइन पिउँदा डिप्रेसन (अवसाद) र एंगजाइटी (चिन्ता) दुवैलाई रोक्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्।

मुसाहरूमा गरिएको एक परीक्षण अनुसार अंगुरको बाहिरी भागमा पाइने रेस्भेराट्रोलले अवसाद तथा चिन्ता जन्माउने एन्जाइमलाई रोकिएको पाईयो।

रेस्भेराट्रोल राखिएको कुरा मुसालाई खुवाउँदा देखिएको परिणामबाट अहिले उपलब्ध औषधिको प्रभावकारी विकल्प पाइएको विज्ञहरूको भनाइ छ।

रेड वाइनमा रेस्भेराट्रोल पाईन्छ।

तर ….

जसको अत्याधिक सेवनले मानिसको मृत्यु हुने सम्भावना पनि हुन्छ।

रेस्भेराट्रोललाई क्यान्सरदेखि गठिया अनि पागलपनसम्मको उपचारका लागि उत्तम मानिएको विज्ञहरुको भनाई छ।

अमेरिकाको न्युयोर्कमा रहेको बफलो विश्वविद्यालयका वैज्ञानिकहरूले अवसाद तथा चिन्ताको उपचारमा रेस्भेराट्रोलको असरको परीक्षण मुसामा गरेको हो।

अत्याधिक कोर्टिकोस्टेरोन हुँदा मुसामा चिन्ता र अवसादको लक्षण देखाए।

जुन रेस्भेराट्रोलले मुसालाई चिन्ता र अवसादबाट मुक्त गरिदियो।

एक ग्लास रेड वाइनमा दुई एमजी रेस्भेराट्रोल हुने र दिनको एकपटक त्यसको सेवन नै चिन्ता तथा अवसाद हटाउन पर्याप्त हुने अनुसन्धानकर्ताहरूको भनाइ छ।

जुन हदभन्दा बढी पिउँदा स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न हुने विज्ञहरुको भनाई छ।

 

प्रतिक्रिया दिनुहोस्