हरेक हरेक आमाबुबाले जान्नैपर्ने महत्वपूर्ण कुरा पढ्न नभुल्नुहोला



३२ श्रावण २०७६, काठमाडौं

हरेक आमा–बुबाले सन्तानको लागि आफ्नो हर खुसी त्याग गरेका नै हुन्छन्।

किनभने,सन्तानको खुसीमा नै उनीहरु आफ्नो खुसी पनि देख्न सक्छन्।

त्यसैले, स–साना बालबालिकालाई आफ्ना आमा–बुबाले जत्ति प्रेम अरु कसैले गर्न सक्दैनन्।

तर…….

जुन माया प्रेम गर्दा–गर्दै केही कुरामा दवाव दिनु भनेको पक्कै पनि गलत कुरा हो।

कतै तपाईले आफ्नो नानीलाई धेरै माया गर्ने क्रममा दवाव त दिईरहनु भएको छैन?

कतिपयः अभिभावकहरुले आफ्ना बच्चालाई अनावश्यक दवाव दिएर उनीहरुको बाल्यपन बिगारिरहेका हुन्छन्।

कतै तपाई पनि दवाव दिने अभिभावक पो पर्नुभयो कि?

त्यसैले थाहा पाउनुहोस्ः

अरुसंग तुलना

तपाईले आफ्नो बच्चालाई अरुसँग तुलना कहिल्यै नगर्नूहोस्।

यदि अरुसँग तुलना गर्दै हुनुहुन्छ भने तपाई आफ्नो बच्चाको उपलब्धिहरुमा कम महत्व दिँदै हुनुहुन्छ।

जसकारण तपाईको बच्चा सधैँ निराश हुने गर्दछ।

सधैँ कमी–कमजोरी निकाल्नु

आफ्नो नानीको सधैँ कमजोरीहरु ननिकालि बस्नुहोस्।

किनभने, बालबालिकालाई सधैँ उनीहरुको कमी–कमजोरीको बारेमा सम्झाईरहदाँ एक प्रकारको दवाव पर्न जान्छ।

जस्तैः तपाईंको नानीले अंग्रजी परीक्षाको नतिजामा ५० मा ४५ मात्रा ल्याएर तपाईलाई सुनाउँछ।

तर, तपाई ठलो स्वर निकाल्दै उसलाई स्याबास् दिनुको साटो भन्नुहुन्छः ५० मा ५० किन ल्याउन सकेनौं भनेर उल्टो प्रश्न गर्नु हुन्छ।

अब विचार गर्नुहोस्ः यत्ति खेरा तपाईको सानो नानीको मनमा कस्तो प्रश्न उत्पन्न होला?

तपाई उसलाई सधैँ राम्रो गर भन्नुहुन्छ।

तर, उसले गरेको कामको प्रशंसा कहिल्यै गर्नुहुन्न।

सबै निर्णय आफै लिनु

तपाई घरको अभिभावक भएको कारण सबै निर्णय तपाई स्वयं लिने अधिकार तपाईंलाई छ।

तर तपाई आफुले कुन निर्णय गर्दै हुनुहुन्छ?

तपाईले लिएको निर्णयले आफ्ना बच्चाहरुलाई कुनै गुनासो त भईरहेको छैन?

जुन कुरा बुझ्न एकदमै महत्वपूर्ण छ।

जस्तैः तपाईंको बच्चा फुटबल खेल्न चाहान्छ र तपाई उसलाई भलिबल खेल्न दवाव दिनु हुन्छ भने तपाईको यो दवावले उ भित्र–भित्रै निस्सासिएको अनुभव गर्न थाल्छ।

सधैं रिसाइरहनु

तपाई आफ्नो नानीलाई आफुले भनेको जस्तो काम भएन भनेर सधैँ गाली गरिरहनुहुन्छ?

यदि यस्तो गर्दै हुनुहन्छ भने तपाइले आफ्नो बच्चालाई अत्याधिक दवाव दिइरहनु भएको छ।

आफ्नो गतिविधिहरुमा बच्चाको सहभागिता

कतिपयः अभिभावकहरु आफ्नो नानीलाई आफ्ना अनेक गतिविधिहरुमा सहभागी गराउँछन्।

कहिले–काही त नानीको रुची नहुँनहुँदै अभिभावककोे डरमा सहभागी हुनु पर्ने बाध्यता हुन्छ।

जस्तैः तपाई कुनै कुरा सिक्ने गतिविधिमा सहभागी हुनुहुन्छ र आफ्नो नानीलाई पनि सहभागी गराउँदै हुनुहुन्छ भनेः उनीहरुको यसप्रति रुचि छ कि छैन?

सहभागी गराउन भन्दा अघि यो कुरा बुझ्न आवश्यक हुन्छ।

यदि नानीको रुची छैन भने उसलाई जवर्जस्ती कहिल्यै नगर्नूहोस्।

प्रतिक्रिया दिनुहोस्