
३२ श्रावण २०७६, काठमाडौं
सेवालाई प्राथमिकता दिने चिकित्सा शिक्षा नीति अहिलेको आवश्यकता पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।
चिकित्सा शिक्षा विश्वव्यापी रुपमा नै पुजीपतीसंग नराम्ररी जकडिएको भन्दै त्यसबाट मुक्त गर्न स्वयं चिकित्सक र यससंग सम्वन्धित व्यक्ति अग्रसर हुुनुपर्नेमा उनले जोड दिएको हो।
नेकपा निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल र अखिल नेपाल प्रगतिशील चिकित्सक संघले आज काठमाडौँमा आजोजना गरेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेशा खुशी चिकित्सक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले चिकित्सा शिक्षालाई सुरक्षित र मर्या्दित बनाइनुपर्ने बताए।
उनले त्यसका लागि पेशा सुरक्षित र चिकित्सक खुशी हुने वातावरण आवश्यक रहेको बताए । उनले चिकित्सकहरु परिवर्तनका संवाहक भएको भन्दै यसलाई मर्या्दित गराउन स्वंय चिकित्सकहरु नै अघिसर्नु पर्नेमा जोड दिए।
नेकपाका महासचिव विष्णु पौडेलले समृद्धि विना समाजवाद निर्माण नहुने भन्दै स्वस्थ समाजवादका लागि स्वास्थ्य र शिक्षा नीति उत्कृष्ठ हुनुपर्ने बताए । उनले नीति बनाएर मात्रै नहुने भन्दै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिए।





