भुईकटहर खानुहोस्,जसले रोग प्रतिरोधी क्षमता बढाउनुका साथै गर्छ क्यान्सरको निदान



३२ श्रावण २०७६, काठमाडौं

नेपालमा सबैभन्दा बढी उत्पादन हुने फलफूलमध्ये भुईकटहर पनि एक हो।

भुईकटहर पोषक तत्वको भण्डारण पनि मानिन्छ।

जसले शरिरलाई छिट्टै ताजा बनाउनका साथै हृदय र मस्तिष्कलाई शक्ति दिने, कीरा मार्ने र स्फुर्ति दिने काम गर्दछ।

जुन खानामा निकै स्वादिष्ट, हल्का अमिलो र गुलियो स्वाद भएकाले सबैले रुचाउँदछन्।

यो गर्मीको समयमा भुईकटर खानाले ताजा र चिसो भई शरिरलाई आनन्द मिल्दछ।

त्यसैले, जानकार हुनुहोस् भुईकटहर खाँदाको अनेक फाईदाको बारेमा यो जानकारीः

मुटु रोग

मुटु रोगले पिल्सिएका मानिसहरुका लागि भुईकटर निकै लाभदायिक मानिन्छ।

चकित्सकहरुका अनुसार, भुइँकटमा हुने तत्वले रगतमा हानिकारक एलडीएल कोलेस्ट्रोल कम गर्दछ।

जसबाट उच्च रक्तचाप तथा मुटुरोगको जोखिम कम हुनुका साथै रोगीलाई समेत राहत मिल्दछ।

मधुमेह

भुइँकटहरमा कम मात्रामा क्यालोरी हुनुका साथै चिनीको मात्रा कम हुन्छ।

तसर्थ यसको सेवनले जिउमा चिनीको मात्रा बढाउँदैन।

त्यसैले मधुमेहका बिरामीले भुईकटहर सेवन गर्नु निकै लाभदायिक मानिन्छ।

क्यान्सर

भुइँकटहरमा ब्रोमेलेन नामक तत्व पाईन्छ।

जसले शरिरलाई क्यान्सरबाट बचाउन मदत गर्न चिकित्सकहरुको भनाई छ।

भुइँकटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले खुलाएको छ।

हड्डी बलियो

भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाईने भएकाले जसले हड्डीलाई मजबुत राख्नमा मद्दत गर्दछ।

एक अध्ययनका अनुसार, ब्रोमेलेन यौगिकले हड्डीमा हुने विभिन्न खाले समस्याबाट बचाउँछ।

रोग प्रतिरोधी क्षमता बढाउन

भुइँकटहरमा एन्टी फ्लेमेटरी, एन्टिअक्सिडेन्ट तत्व हुनुका साथै पर्याप्त फाइबर समेत पाईन्छ।

भुइँकटरहमा हुने भिटामिन सी जस्ता तत्वहरुले शरिरको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न राहत मिल्दछ।

अनुहारको चमक

भुइँकटहरमा एन्टी अक्सिडेन्ट तत्वको मात्रा पाईन्छ।

जसले बुढ्यौलीका लक्षणहरुलाई कम गर्नका साथै शरिरका कोषहरुको क्षयिकरण रोक्ने, अनुहारका दाग धब्बा तथा चाउरीपना कम गर्न सहयोग गर्छ।

जसमा हुने भिटामिन सी ले कोलाजेन फाइबर बनाउन सहयोग गर्दछ।

जसले मांसपेशी र छालालाई स्वस्थ राख्नका साथैे छालालाई चम्किलो बनाउने एक अध्ययनले खलाएको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्