नेकपाको स्वास्थ्य विभागको जिम्मेवारी दिईयो: प्रमुख पाण्डेलाई



३१ श्रावण २०७६, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय शुक्रबार बसेको बैठकले विभिन्न केन्द्रीय विभागहरुको नेतृत्व टुंगो लगाएको छ।

जसअनुसार पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी राजेन्द्र पाण्डेलाई दिइएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता नायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रमुखको जिम्मेवारी पाण्डेलाई दिएको नेकपाले विभागको उपप्रमुखको जिम्मा अञ्जना विसंखेलाई दिएको छ।

पाण्डे प्रदेश ३ को सांसद हुन्। उनी लामो समयदेखि विवादमा आएको मनमोहन मेमोरियल इन्स्ट्च्यिुट अफ हेल्थ साइन्स (मेडिकल कलेजको स्विकृतीका क्रममा विवाद)का अध्यक्ष हुन्।

विभागको उपप्रमुख विसंखे प्रतिनिधी सभा सांसद हुन्। उनी संसदको शिक्षा तथा स्वास्थ्य समितिको सदस्य समेत छिन्।

प्रतिक्रिया दिनुहोस्