याद गर्नुहोस्ः कतै तपाईको बच्चालाई भक्भकाउने समस्या त छैन?



३१ श्रावण २०७६, काठमाडौं

हरेक आमा–बुबाको एउटै मात्रा सपना हुन्छ।

आफ्ना सन्तान सर्वगुणले सम्पन्न होस्।

तर, आफ्ना सन्तानको साना कमजोरी पनि आमा–बुबाको लागि ठुलो समस्य बन्न पुग्छ।

यदि तपाईंको सन्तानको बोलि स्पष्ट नआउने, भक्भकाउदै बोल्ने समस्याले तपाईंलाई दिक्क लाग्नु स्वाभाविक नै हो।

किनभने अरु बच्चाहरुले झै आफ्नो सन्तानले पनि मीठो र स्पष्ट बोली बोलोस् भन्ने चाहना हरेक आमा–बुबाको हुन्छ।

प्रायः आमा–बुबा प्रारम्भमा आफ्नो सन्तान भक्भकाउनुलाई सामान्य रुपमा लिने गर्दछन्।

सानै छन् भनि जुन समस्यलाई हेलचेक्र्राई गर्दछन्।

वास्तवमा भक्ककाएर बोल्ने बानी एउटा मानसिक विकार हो।

भककाएर बोल्ने बच्चा सामान्य बालबच्चा जस्तै धारा प्रवाह र स्पष्ट बोल्न सक्दैनन्।

त्यत्ति मात्रै नभएरे बोल्दा पनि शब्दहरुलाई बङ्ग्याएर बोल्ने गर्छन्।

यद्यपी भकभके बच्चा मानसिक रुपमा धेरै तेजिलो हुन्छन् । यसप्रकारका बच्चाको स्वभाव अन्तर्मुखी र भावुक किसिमको हुन्छ।

आफ्नो भककाउने बानीले अरुको अगाडि हाँसोको पात्र बनिन्छ भन्ने डरले अरुको अगाडि बोल्न अप्ठयारो मान्छन्।

यदि त्यस्तो स्थितिमा बोल्न परेमा उनीहरु अरु समयमा भन्दा बढि भक्भकाउने गर्छन्।

तर बच्चाको बोली भकभके हुनुमा उसको कुनै दोष हुँदैन।

जुन समस्यालाई तपाईं र तपाईंको परिवारको सहयोगले समाधान गर्न सकिन्छ ।

तपाईको बच्चालाई आफ्नो बोलिमा सुधार ल्याउनका लागि परिवारको साथ अति आवश्यक पर्दछ।

तपाईले उसको हौसला र आत्मविश्वास बढाउन सक्नुभयो भने उ आफु स्वयंमा भरोसा राख्न सक्छ।

हरेस खानु भयो भने उसले पनि अत्तिएर हार मान्न सक्छ ।

यदि कसैले उसलाई जिस्काउने अथवा मजाक बनाउने गर्छ भने यो कुनै रोग होइन बानी हो।

त्यसैले, केही समयको स्पीच थेरापीले निको हुन सक्छ भन्ने कुरा सम्झाउनु पर्छ।

उसलाई उ पनि अरु व्यक्तिहरुले जस्तै गरि सही र स्पष्ट बोल्न सक्छ भन्ने कुरा राम्रोसँग सम्झाउनु पर्छ।

यदि तपाईले उसको आत्मविश्वास बढाउँदै जानु भयो भने तपाईंको यो प्रयासमा एकदिन अवश्य सफल हुन सक्नु हुन्छ।

नोटः यदि तपाईंको बच्चा सानैदेखि यो समस्याले ग्रसित छन् भने डाक्टरको सल्लाह लिनु लिनुहोस्।

प्रतिक्रिया दिनुहोस्