यस कारण कम रुने गर्छन् केटा मान्छे



३० साउन २०७६, काठमाडौँ

दुःख, आवेग, पश्चाताप, खुशी, प्राप्ती तथा गुमाउँदाका क्षणमा सबैको आँसु आउने गर्छ । तर पुरुष महिलाको तुलनमा निकै कम रुन्छन् । यस विषयमा लण्डनका प्रिन्स ह्यारीले दुई वर्षअघि एउटा डकुमेन्ट्रीमा उल्लेख गरेकी छन् ।

उनको अनुसन्धान अनुसार महिला प्रतिवर्ष कम्तिमा ३० देखि ६४ पटक रुन्छन् । तर, पुरुष ६ देखि १७ पटक मात्र रुने गर्छन् । मनोविज्ञ जर्जिया रायले पुरुष कम रुनुको पछाडि धेरै बलियो सामाजिक तथा मनोवैज्ञानिक पक्ष जिम्मेवार गरेको बताएकी छन् ।

‘पुरुष महिलाभन्दा कम रुनुको पछाडि प्राकृतिक र कृत्रिम दुबै कारण जोडिएका छन्,’ उनले भनेकी छन्, ‘पुरुषको संवेग आउने प्रोल्याक्टिन हर्मोन महिलाको भन्दा अत्यन्त कम हुन्छ । त्यस कारण यो शरीरको हर्मोनसँग सम्बन्धित छ ।’

यसमा सांस्कृतिक कारण पनि छ । समाजले एकतर्फी रुपमा पुरुषबाट राख्ने अपेक्षाले पुरुषको संवेगात्मक आँसुलाई निरुन्ताहित गर्छ ।

प्रतिक्रिया दिनुहोस्