प्रदेश ३ का १२१ वटा विद्यालयमा ‘एक विद्यालय एक नर्स’



३० श्रावण २०७६, काठमाडौं

प्रदेश ३ का १२१ वटा विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम विस्तार गरिने भएको छ।

कार्यक्रम प्रभावकारी भएकाले ११९ स्थानीय तहको १२१ विद्यालयमा विस्तार गर्न लागेका कार्यक्रमकी संयोजक नर्स मिलन घिमिरेले जानकारी दिए।

उनका अनुसार, प्रक्रिया अगाडि बढिसकेको र छनोट कार्यक्रम हुँदै गरेको घिमिरेले बताइन्।

प्रदेशले ६ बरोड ६५ लाख बजेट छुट्याइएको छ।

यसअघि प्रदेश ३ ले एक विद्यालय एक नर्स कार्यक्रम पाइलट प्राजेक्टको रुपमा सुरु गरेको थियो। १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको थियो।

विद्यालय छनोट प्रक्रियामा प्रदेश भित्रका प्रत्येक स्थानीय तहबाट एक विद्यालय छनोट गरिन्छ। कूल विद्यार्थीको संख्या, छात्राको प्रतिशत , लोपोन्मुख , अति सीमान्तकृत, सीमान्तकृत तथा दलित समुदायको विद्यार्थी प्रतिशत, भौतिक अवस्था तथा विद्यालयको विगत ३ वर्षको कक्षा १० का विद्यार्थीहरुको औसत नजिता हेरेर छनोट गरिन्छ।

विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका खानका लागि उत्प्रेरित गर्ने, परिवार नियोजन, यौन तथा यौनिकता, व्यक्तिगत र वातावरणीय सरसफाइ तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी परार्मश सेवा प्रदान गर्ने, सामान्य स्वास्थ्य परीक्षण, पोषण लेखाजोखा, प्राथमिक उपचारको व्यवस्था, अभिभावक(बालबालिकाको स्वास्थ्य र स्वस्थका बारेमा जानकारी लिने लगायतका काम विद्यालय नर्सले गर्छन्।

प्रतिक्रिया दिनुहोस्