प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या



३० श्रावण २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पुनः समस्या उत्पन्न भएको छ।

गत सोमबार सिंगापुरबाट स्वास्थ्य परीक्षण गरेर फर्किएका प्रधानमन्त्री ओलीलाई बुधबारदेखि नै खोकी लाग्न थालेको थियो।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार विहिबार बिहानदेखि नै ओलीलाई सामान्य ज्वरो समेत आएको छ।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक समेत स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्