निर्धक्का साथ रुनुहोस् तौल घटाउनुहोस्: एक एसियन रिपोर्ट



३० श्रावण २०७६, काठमाडौं

बद्लिदो जीवनशैलीसँगै हरेक कुराको यहाँ परिवर्तन हुँदै आएको छ।

पछिल्लो समय मोटोपना मानिसको तनावको बिषय बन्न पुगेको छ।

जसकारण मानिस मोटोपनबाट छुटकारा पाउनका लागि केही न केही उपायहरु गरिरहेका नै हुन्छन्।

कतिपयः मानिसहरु मोटो शरिरलाई स्लिम बनाउनका लागि खाना नखाई–नखाई बसिरहेका हुन्छन्।

 

जुन उपाय अपनाउँदा मोटोपन त घट्ला तर स्वास्थ्यमा भने अनेकौ समस्यहरु उत्पन्न हुन थाल्छन्।

त्यसैले, मोटोपन घटाउने सजिलो उपाय साँझ–पखा रुँदा मानिसको तौल घट्ने एक अध्ययनले देखाएको छ।

एसियन वनमा प्रकाशित एक रिपोर्टअनुसार, रुँदा हाम्रो शरिरमा कोर्टिसोन नामक हर्मोन निस्कन्छ।
जुन हर्मोन बढ्दा तौल घट्न जान्छ।

तनावको स्तर बढ्दा हामी रुन्छौं र आँसुमार्फत विषाक्त पदार्थ शरिर बाहिर निस्किन्छ।

जुन विषाक्त पदार्थले नै मानिसको तौल बढाउने घट्ने अध्ययनले देखाएको छ।

रुँदाखेरी आँखाबाट सजिलै आँसु ननिकाल्ने व्यक्तिलाई तौल घटाउनु चुनौतीपूर्ण हुने अध्ययनले खुलाएको छ ।

जस्तैःरोएको नाटक गर्ने व्यक्तिको तौल नघट्ने देखाएको छ।

भावनामा डुबेर आँसु निस्कँदा तौल घट्ने अनुसन्धानमा बताईएको छ।

साँझ ७ बजेदेखि १० बजेसम्म रुँदा तौल छिटो घट्छ ।

किनभने यो समयमा मानिसको नकारात्मक भाव बढी हावी हुने भएकाले रुँदाखेरी शरिरमा उपस्थित क्यालोरी छिटो डढ्ने कुरा पहिले नै पत्ता लागिसकेको हो।

प्रतिक्रिया दिनुहोस्