मृगौलामा भएको पत्थरी हटाउनुहोस्,गर्नुहोस् घरेलु उपचार



३० श्रावण २०७६, काठमाडौं

मृगौला मानिसको महत्वपूर्ण अंग हो।

जुन अंग खानपानको लापारवाही गर्नाले मृगौलामा पत्थरीको समस्य देखिन्छ।

चिकित्सकहरुका अनुसार, मृगौलाको पत्थरीबाट बच्नका लागि प्रशस्ता मात्रामा पानी पिउनु पर्दछ।

जसले शरिरका विकार बस्तुहरुलाई पिसाबमार्फत बाहिरा निकाल्न मदत गर्दछ।

मृगौलामा पत्थरी भएको छ भने कसरी हटाउने?

यी घरेलु उपचारहरुको बारेमा जान्नुहोस्ः


तुलसी

किड्नीलाई स्वस्थ राख्नाका लागि नियमित तुलसीको चिया पिउने गर्नुपर्छ।

एक चम्चा तुलसीको पातको रस र मह मिसाएर एक साथ पिउने।

प्रयेक दिन ६ महिनासम्म तुलसीको रस र मह मिसाएर खाँदा पत्थरी निीस्कन्छ।

खानपान

खानपानमा निकै ध्यान दिनुपर्दछ।

जथाभावी खानाको सेवनले पनि मृगौला फेल हुने सम्भावना हुन्छ।

जस्तैः चकलेट, चुकन्दर, स्ट्रबेरी, ओखर, मरिच, पालक, कुरिलो जस्ता खानपानबाट टाढै रहन मृगौलाको लागि राम्रो मानिन्छ।

अनारको जुस

अनारको जुस स्वास्थ्यका लागि निकै लाभदायिक मानिन्छ।

यसको सेवनले किड्नीमा हुने स्टोन हटाउन मदत गर्छ।

अनारको जुसमा किड्नी स्टोन हराउने तत्व पाईने भएकाले किड्नीमा स्टोन भएकाहरुले दिनमा एक अथवा दुई ग्लास अनारको जुस खाने गर्नु उत्तम मानिन्छ।

कागती

कागतीको रसमा जैतुनको तेल मिसाएर पिउनुहोस्।

प्रतिक्रिया दिनुहोस्