यस्ता छन् क्वाँटीका अनेक फाईदाहरु



३० श्रावण २०७६, काठमाडौं

हरेक नेपालीको भान्सामा पाईने क्वाँटी झोलिलो खानेकुरा हो।

जुन चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ इत्यादि मिसाएर बनाएको एक प्रकारको झोलिलो पदार्थ हो।

गेडागुडिलाई टुसा उम्रनेगरी पानीमा भिजाएपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि निकै लाभदायिक मानिन्छ।

क्वाँटी खानामा पनि निकै स्वादिलो हुनुका साथै शरिरलाई पनि उत्तिकै शक्ति प्रदान गर्दछ।

क्वाँटीमा कार्बाहाइड्रेट, प्रोटिन, भिटामिन, मिनिरल्स, फोलिक एसिड, फाइबरका साथै आइरनको मात्रा पनि प्रशस्त मात्रामा पाइन्छ।

त्यसैले, क्वाँटीको सेवनले हुने फाईदाहरुको बारेमा जान्नुहोस्ः

–क्वाँटीको नियमित सेवनले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।

–पाचनशक्तिमा सुधार आउँछ।

–मधुमेह नियन्त्रणमा सहयोग गर्छ।

–कब्जियतबाट बचाउँछ।

–उच्च रक्तचाप नियन्त्रणमा ल्याउँछ।

–स्मरणशक्ति वृद्धि गराउँछ।

–मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।

–बालबालिका तथा वृद्धवृद्धाको कुपोषण हटाउन सहयोग गर्छ।

प्रतिक्रिया दिनुहोस्