दमौली अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढ्यो



३० श्रावण २०७६, काठमाडौं

तनहुँको दमौली अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन्।

जुन रोगबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला अझ बढी प्रभावित भएका छन्।

अस्पतालमा पहिला दैनिक ७५ देखि १०० सम्म बिरामी आउने गरेकामा अहिले झण्डै दोब्बर बिरामी उपचारका लागि आउने गरेका दमौली अस्पतालले जानकारी दिए।

उक्त अस्पतालका प्रमुख डा. सुनिल पौडलका अनुसार अहिले भाइरल ज्वरो र टाइफाइडका दैनिक १५० देखि २०० बिरामी उपचारका लागि आउने गरेका छन्।

ज्वरो, झाडाबान्ता, रुघाखोकी, पखाला, श्वासप्रश्वासलगायतका बिरामीको सङ्ख्या बढिरहेको छ। उहाँले भने, ’करीब ४० प्रतिशत यस्ता पानीजन्य रोगका बिरामी रहेका छन्।’

अस्पतालमा आउने यस्ता बिरामीलाई चिकित्सकले पानी उमालेर खाने, साबुन पानीले राम्ररी हात धुने, बासी सडेगलेको खानेकुरा नखाने, धुलोधुँवाबाट बच्ने, मास्क लगाएर मात्रै हिँड्डुल गर्ने र आराम गर्नेलगायतका सुझाव–सल्लाह दिने गरेको डा पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्