यसकारण हुन्छ मृगौला फेल



२९ श्रावण २०७६, काठमाडौं

मृगौला मानव शरिरका लागि अत्ति महत्वपूर्ण अंग हो।

चिकित्सकहरुका अनुसार, मृगौलाले मानव शरिरमा भएका हानिकारक विषालु पदार्थहरुलाई छानेर पिषाबमार्फत बाहिर फाल्ने काम गर्दछ।

तर जुन मृगौलामा समस्या आउन थाल्यो भने यसले राम्रोसँग आफ्नो काम गर्न सक्दैन।

पछिल्लो समय जीवनशैली परिवर्तनसँगै मधुमेह, उच्च रक्तचाप, पत्थरी आदि समस्याले हाल मुलुकमा दीर्घकालीन रूपमा मृगौला फेल हुने समस्या बढिरहेका चिकित्सकहरुको भनाई छ।

दिन–प्रतिदिन मृगौला फेल हुनका कारणहरु जान्नुहोस्ः

तनाव

तनाव मृगौलाको लागि शत्रु नै हो।

किनभने तनावका कारण पैदा हुने हार्मोनले मृगौलालाई नोक्सानी पुर्याउने चिकित्सकहरु बताउँछन्।

जसकारण मृगौला फेल हुने सम्भावना बढी मात्रामा हुन्छ।

मधुमेह

जब शरिरमा चिनीको मात्रा बढ्न पुग्दा मृगौलामाथि फिल्टर गर्ने लोड पनि बढ्छ।

जसका कारण मृगौला फेल हुन सक्ने सम्भावना हुन्छ।

नुन

बढी मात्रामा नुनका सेवनले रक्तचाप बढ्छ।

जसले मृगौलामाथि लोड बढ्न गई मृगौला फेल हुने गर्दछ।

धुम्रपान र मध्यपान

धुम्रपान र मध्यपानको सेवनले शरिरमा टक्सिन बढाउँछ।

जुन मृगौलाले यी टक्सिनलाई फिल्टर गर्न पाउँदैन र मृगौला फेल हुने सम्भावना धेरै हुन्छ।

गतिहीन जीवनशैली

गतिहीन जीवनशैलीले शरिरमा टक्सिन बढ्ने गर्दछ।

मृगौलाले यी टक्सिनलाई बाहिर निकाल्न पाउँदैन जसका कारण यो फेल हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्