पाल्पाः घरमा हुने सुत्केरी शून्यमा पुर्याउने लक्ष्य



२९ श्रावण २०७६, काठमाडौं

सबै स्थानीय तह घरमै सुत्केरी हुने दरलाई शून्यमा पु¥याउने लक्ष्यसहित पाल्पा जिल्ला अगाडि बढिरहेका छन्।

आर्थिक वर्ष २०७५र७६ मा चार हजार ७९१ जना स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी गराउने मध्ये रामपुर नगरपालिकामा २५२ र तानसेन नगरपालिकामा चार हजार १५ रहेका छन्।

गाउँपालिकातर्फ पूर्वखोलामा १६९, रम्भामा ६५, बगनासकालीमा ३६, रिब्दिकोटमा ५३, रैनादेवी छहरामा १०१, माथागढीमा ४४, तिनाउमा १४ र निस्दीमा ४२ रहेका छन्।

जिल्लाका ३७ स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भए पनि ३६ स्वास्थ्य संस्थाबाट प्रसूति सेवा दिइएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको हो।

तर मिशन अस्पताल पाल्पामा भने आमा सुरक्षा कार्यक्रम लागू नभए पनि प्रसूति सेवा उपलब्ध छ।

“पाल्पामा स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलाको दर सुधार हुँदै गएको छ, कार्यालयले यसमा विशेष चासोका रुपमा हेरेको र जिल्लाका ग्रामीण भेगमा पनि प्रसूति सेवा सञ्चालन भएको हुँदा बर्सेनी सुधार छ हुँदै आएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवाली बताए।

आव ०७५÷७६ मा बाहिरी जिल्लाबाट सुत्केरी हुन आउनेको सङ्ख्या कम रहेकाले अघिल्ला वर्षमा भन्दा तथ्याङ्कीय हिसाबले सुत्केरी हुने दर घटे पनि जिल्लामा भने स्वास्थ्य संस्थामा सुत्केरी हुनेको अवस्था राम्रो रहेको उनले बताए।

आव २०७४र७५ मा पाँच हजार ५३९ महिलाले स्वास्थ्य संस्थामा नै पुगेर बच्चा जन्माएका छन्। ०७३र७४ मा पाँच हजार ३३७, आव ०७१र७२ मा छ हजार ५०० र ०७२र७३ मा छ हजार ३०० महिलाले स्वास्थ्य संस्थामा नै गएर सुत्केरी भएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्