मन्त्रालयले समूह नमिलाई दियो कर्मचारीको जिम्मोवारी



२९ श्रावण २०७६, काठमाडौं

स्वास्थ्यका लागि कर्मचारीको जिम्मेवारी गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले समूह नमिलाई दिएको छ।

मन्त्रालयले पद अनुसार योग्यता र अनुभव एउटा भएका कर्मचारीलाई अर्को पदमा जिम्मेवारी दिएको हो।

यस्तै, मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा स्वास्थ्य शिक्षा प्रशासक पदका विनोद बिन्दु शर्मालाई जिम्मेवारी दिएको हो।

मन्त्रालयले प्रमुख स्वास्थ्य शिक्षा प्रशासक खिमबहादुर खड्कालाई प्रदेश स्वास्थ्य केन्द्र र प्रदेश आपूर्ती व्यवस्थाको निर्देशकको जिम्मेवारी दिइएको छ।

एक्त मन्त्रालयको निर्णयप्रति नेपाल जनस्वास्थ्य संघले गम्भिर ध्यानाकर्षण गरेको छ। संघले तत्कालै उक्त निर्णय सच्याउन समेत माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्