जानकार हुनुहोस्: कुन ब्लडग्रुप भएका व्यक्तिले कस्तो खानपान गर्ने?



२९ श्रावण २०७६, काठमाडौं

आ–आफ्नो जीवनशैलीसँगै स्वास्थ्यमा पनि निकै ध्यान दिन आवश्यक हुन्छ।

स्वस्थ जीवन जिउनका लागि स्वस्थकर खानपान गर्न जरुरी हुन्छ।

चिकित्कहरुका अनुसार, सधै स्वस्थ र फिट रहनका लागि आफ्नो ब्लडग्रुप अनुसारको खानपान गर्नुपर्दछ।

यसरी आफ्नो ब्लडग्रुप अनुसार नियमित खानपान गर्नाले मानिस सधैँ स्वस्थ र तन्दुरुस्त रहन सक्छ।

कुन ब्लडग्रुप भएकाले कस्तो खानपान गर्ने?

जुन बिषयमा यो जानकारी तपाईहरुका लागिः

ग्रुप एबी

जुन ग्रुप एबी कमै मानिसमा पाउन सकिन्छ।

यो ग्रुप भएका मानिसले आफ्नो स्वास्थ्यप्रति निकै सजग रहनु पर्दछ।

चिकित्सकहरुका अनुसार, ग्रुप एबी भएका व्यक्तिले फलफूल र अत्यधिक सागसब्जी, अन्डा दूध र दूधले बनेका परिकार खानु निकै उत्तम मानिन्छ।

ग्रुप बी

ग्रुप बी भएका व्यक्तिको पाचन राम्रो हुन्छ।

त्यसैले यो समूहको रगत भएका व्यक्तिहरुले सागसब्जी, फलफूल, माछा, मटन, चिकेन सबै खानामा खासै फरक पर्दैन।

ग्रुप ए

ग्रुप ए रगत भएका व्यक्तिले गाँजर, हरियो सागसब्जी, नास्पाती, लसुन, सिमी वा द्विदलीय खानु राम्रो हुन्छ।

दूध र यसबाट बनेका परिकार, भात र आँटा,कुखुरा र खसीको मासु कम खाना चिकित्सकहरु सल्लाह दिन्छन्।

त्यस्तै,दही र सोया मिल्क खाँदा खासै असर पार्दैन।

ग्रुप ओ

ग्रुप ओ रगत भएका व्यक्तिले बढी मात्रामा प्रोटिनयुक्त आहारा खाना चिकित्सकरु बताउछन्।

विशेषगरि, दाल, मासु, माछा, फल,अन्नका साथै फलफूल सन्तुलित तरिकाले खानु राम्रो स्वास्थ्यका लागि राम्रो मानिन्छ।

प्रतिक्रिया दिनुहोस्