पाल्पाः गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण



२८ श्रावण २०७६, काठमाडौं

पाल्पास्थित निस्दी गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुलाई आज गाउँपालिकाको कार्यालयमा आयोजित एक समारोहबीच एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको हो।

प्रदेश सरकारबाट प्राप्त बजेटमा करकट्टी कटाएर रु. १२ लाख मूल्य बराबरको एम्बुलेन्स स्वास्थ्य कार्यालयले खरीद गरी सो गाउँपालिकालाई हस्तान्तरण गरेको सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

पाल्पा जिल्लाकै सबैभन्दा विकट ठाउँमा रहेको निस्दी गाउँपालिकामा एम्बुलेन्स सञ्चालनमा आएपछि गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिक लगायत अन्य व्यक्तिलाई स्वास्थोपचारका लागि स्वास्थ्य संस्थासम्म आउनजान सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्