खाना खाने बित्तिकै झुक्किएर पनि नगर्नुस यी पाँच काम…



२८ साउन २०७६, काठमाडौँ

हाम्रो शरीरलाई फूर्तिलो र स्वस्थ राख्नको लागि सन्तुलन भोजन अपरिहार्य हुन्छ । हामीले शरीरलाई फाइदा गर्ने खानेकुरा खाने बानी बसाल्नु पर्छ । हामी खाना त खान्छौ तर खाना खाने बित्तिकै आफ्नो काम गर्न जान्छौँ । खाना खाने बित्तिकै केही कामहरु कहिल्यै पनि गर्नुहुन्न । त्यसले हाम्रो शरीरमा नराम्रो असर गर्न सक्छ ।

हामीले खाना खानेबित्तिकै यी कामहरु गर्नुहुन्न–

१. सुत्न नहुने – कति मानिसको बानी खाना खाने बित्तिकै सुत्ने हुन्छ । तर त्यस्तो कहिले पनि गर्नुहुन्न । खाना खाने बित्तिकै सुत्दा हामीले खाएको खाना पच्दैन । जसका कारण मोटाउने, ग्यास्ट्रिक हुने जस्ता समस्याहरु निम्तन्छन् ।

२ं. धुम्रपान गर्न नहुने – धुम्रपान त्यसैपनि स्वास्थ्यको लागि हानिकारक छ । सकेसम्म धुम्रपान नगर्दा नै उचित हुन्छ । तर खाना खाने बित्तिकै धुम्रपान गर्नु अझै डरमर्दो हुन्छ । यसले हाम्रो ज्यान नै लिन सक्छ ।

३. फलफूल खान नहुने – फलफूल खानु स्वास्थ्यको लागि निकै फाइदाजनक हो । तर खाना खाने बित्तिकै फलफूल खानु भने स्वास्थ्यको लागि राम्रो होइन । खाना खाने बित्तिकै फलफूल खादाँ पेट फुल्छ र ग्यास्ट्रिक पनि हुन सक्छ ।

४. चिया वा कफि खान नहुने – धेरै मानिसको बानी खाना खाएपछि चिया र कफि खाने हुन्छ । तर यसो गर्नुहुँदैन । यो स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ ।

५. नुहाउन नहुने – हामीले खाना खाने बित्तिकै कहिल्यै पनि नुहाउनु हुँदैन । खाना खाने बित्तिकै नुहाउँदा पेटको चारैतर्फ रक्तसञ्चार बढी हुन्छ र पाचन पक्रिया सुस्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्