नियमित स्वास्थ्य जाँच गराउने सुत्केरी महिलालाई प्रोत्साहन भत्ता



२८ श्रावण २०७६, काठमाडौं

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सुत्केरी भएश्चात नियमित जाँच गराउने महिलालाई प्रोत्साहनस्वरुप रु. ५०० भत्ता दिँदै आएको छ।

सुत्केरी भएपछि नियमितरूपमा स्वास्थ्य जाँच गराउने महिलालाई प्रोत्साहनस्वरुप भत्ताको व्यवस्था गरिएको नगरपालिकाले जानकारी दिए।

स्वास्थ्य जाँच नगराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने खतरा बढ्न थालेपछि नगरपालिकाले गत वर्षबाट भत्ता दिने निर्णय गरेको थियो।

सुत्केरी भएपछि २४ घण्टा, तीन दिन र सात दिनमा गराउनुपर्ने स्वास्थ्य जाँच नियमितरूपमा गर्ने महिलालाई रु. ५०० दिने व्यवस्था नगरपालिकाले गरेको छ ।

गत आर्थिक वर्षमा नगरपालिकाले प्रोत्साहनस्वरुप स्वास्थ्य जाँच गराउँदा रु. ३०० का दरले भत्ता वितरण गरेको थियो।

उक्त चालू आवबाट भत्ता रकम बढाएर रु. ५०० पु¥याएका नगरपालिकाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्