एक अध्ययनका अनुसार धेरै शंका गर्ने व्यक्तिलाई डिमेन्सिया हुने जोखिम



२८ श्रावण २०७६, काठमाडौं

अरुलाई बढी मात्रामा शंका गर्ने व्यक्तिलाई बिर्सने रोग ‘डिमेन्सिया’ हुने खतरा एक अध्ययनले देखाएको छ।

जुन अध्ययन ६२२ जना स्वयंसेवी मानिसहरुमा गरिएको थियो।

ति मानिसहरुमा रहेका शंकालुपनको तहलाई डिमेन्सियासँग जाँच्ने प्रयास अनुसन्धानकर्ताहरुले गरेका थिए।

उनीहरुका अनुसार ‘अरुलाई अति अविश्वास गर्नेहरुमा डिमेन्सिया रोगको संक्रमण दोब्बर हुने बताए।’

‘डिमेन्सिया रोग बुझ्न मद्दत गर्ने यस्ता अध्ययनहरु महत्वपूर्ण हुन्छन् तर अझ वृहत अध्ययनहरु हुन बाँकी रहेको विज्ञहरु बताउँछन्।’

जुन रोगको आक्रमण पश्चात व्यक्तिको स्मरण शक्तिमा कमी आउने, सोच्ने गति, मानसिक उर्वरता, भाषा र बुझाइ तथा न्याय गर्ने क्षमतामा ह्रास आउन सक्ने विशेषज्ञहरु बताउँछन्।

उनीहरुले भने, डिमेन्सियामा अहिलेसम्मको सबभन्दा ठूलो खतरा भने उमेर नै हो।

प्रतिक्रिया दिनुहोस्