
२७ श्रावण २०७६, काठमाडौं
स्वास्थ्य मन्त्रालयले माथिल्लो तहदेखि कर्मचारीको समायोजन र पदस्थापन गर्दै आएको टोली अव भने गुनासो परेका पदहरुको मिलानमा अघि बढेको छ।
यो भन्दा पहिला नै सामान्य प्रशासन मन्त्रालयले समायोजन गर्दा धेरैको नमिलेपश्चात त्यसलाई बदर गरि पुनः समायोजन गर्ने निर्णय गरेको थियो।
त्यसअघि नै मन्त्रालयले अघिल्लो पटक समायोजनमा चित्त नबुझेका कर्मचारीलाई गुनासो गर्न समयवधी दिएको थियो।
जसअनुसार मन्त्रालयमा १३ हजार बढी गुनासो परेको थियो। तर पछि छानवीन गर्दा ७ हजार बढी गुनासाहरु जायज देखिएको मन्त्रालयको बताएको थियो।
मन्त्रालयका उपसचिव भानुभक्त न्यौपानेले अहिले हेल्थ असिस्टेन्ट, अहेव र अनमी पदमा आएका गुनासोहरुको व्यवस्थापन गर्ने कार्यमा टोली लागेको बताए।
‘यसमा केही समय त लाग्छ। धेरै गुनासाहरु छन्। नमिलेका ठाँउहरुमा मिलाउने काम गाह्रो पनि हो। तर टोलीले सकेसम्म छिटो सम्पन्न गर्ने गरी काम गरीरहेको छ,’ उनले भने।





