
२७ श्रावण २०७६, काठमाडौं
खुशी रहनु स्वास्थ्यको लागि निकै लाभदायिक मानिन्छ।
तर….
हदभन्दा धेरै खुशी हुनु मुटुको लागि खतरा हुन सक्ने वैज्ञानिकहरु बताउँछन्।
जब मानिस हरेक कुरामा सफल हुँदै जान्छ।
तब एक्दमै खुसी हुने गर्दछ।

विज्ञहरुका अनुसार, सरप्राइज, जन्मदिन, पार्टी, परिवारमा नयाँ बच्चाको जन्म इत्यादि कुराहरुमा हदभन्दा बढी खुशी भएको अवस्थामा मुटुसम्बन्धी समस्या देखिन सक्ने सम्भावना हुन्छ।
जुन समस्यालाई ‘ह्याप्पी हार्ट सीन्ड्रम’ को संज्ञा दिइएको छ।
जब मानिसको आफ्नो दुःखत पलले शरिरमा ‘ब्रोकन हार्ट सिन्ड्रोम’ निम्तयाउने सम्भावना हुन्छ।
जसले “हार्ट अट्याक” भई मृत्युको मुखमा पुर्याउन जोखिम हुन्छ।

विज्ञहरुका अनुसार ‘ब्रोकन हार्ट सिन्ड्रोम’ जस्तै गरी ‘ह्याप्पी हार्ट सिन्ड्रोम’ पनि निकै घातक हुन्छ।
विभिन्न अध्ययनका अनुसार, प्रायः जसोे मुटुको केसहरु, डर, तनाव, रिस आदिले निम्त्याएको पाईएको छ।
एक अचम्मको कुरा २० प्रतिशत मुटुका समस्या बर्थडे पार्टी, बिवाह, बच्चाको जन्म दिन इत्यादि जस्ता पलमा अत्याधिक खुशी हुने भएका कारण देखियो।





