
२७ श्रावण २०७६, काठमाडौं
मानिस जन्मनु मर्नु प्रकृतिको नियम हो।
भनिन्छ, मानिस जन्मिदा एक्लै र मर्दा पनि!
एक महिलाले नौ–नौ महिनासम्मा पेटमा राखि शिशुलाई हुर्काइरहेको हुन्छ।
जुन हुर्किरहेको अवस्थामा बच्चा कुन अवस्थामा? कसरी बसेको हुन्छ?
यो बिषयमा भने पक्कै पनि सबैलाई खुलदुली भने हुन्छ नै!
एउटी आमाको कोखमा हुर्किदै गरेको शिशु समयको गतिसँगै बृद्धि हुँदै गईरहेको हुन्छ।
जानकार हुनुहोस् आमाको गर्भमा रहेको शिशुले गर्छन यस्तो कार्य

रुन्छनः
आमाको कोखमा हुर्किरहेको बच्चा रुन्छन् भन्दा तपाईलाई अचम्म लाग्ला।
विभिन्न अध्ययनका अनुसार कोखमा रहेको बारम्बार सुस्तरी रुन्छन्।
गर्भवती महिलाको तेस्रो त्रैमासिकमा लिइएको डिजिटल अल्ट्रासाउन्डमा कोखभित्रको बच्चाले मुख खोलेको, आँशु चुहाएको, ओठ कमाएको र बिस्तारै मुठी पारेर रोएको संकेत देखिने चिकित्सकहरु बताउँछन्।
सुन्छन्ः
आमाको कोखमा हुर्किदै गरेको बच्चाले सुन्ने पनि गर्छ भन्दा पक्कै पनि सबैलाई अचम्म लाग्न सक्छ।
तर कोखमा रहेको शिशुले पनि गर्छन।
आमाहरुले विशेष प्रकारको लय बाचन गर्दा भ्रुणको मुटुको गति घट्न गई अन्य मानिसहरुले चर्को आवाजमा गीत गाउदा वा श्लोक बाचन गर्दा पनि शिशुहरुले सुन्न सक्ने अध्ययनले बताउँछ।
अभिव्यक्त गर्छनः
विभिन्न अध्ययनकाअनुसार, २४ साता भएका शिशुले ङिच्च हाँस्ने र ३६ सातामा आँखीभौ उचाल्ने गर्छन्।
स्वाद थाहा पाउछन्ः
एक अध्ययन अनुसार तेस्रो त्रैमासिक अवधिमा पर्याप्त गाजर खाने,े शिशु जन्मेपश्चात सागपात खान रुचाउछन्।
गर्भवती आमाले खाएको झोलिलो र फलफुलको स्वाद पेटमा रहेको शिशुले थाहा पाउँछन्।
स्मरण गर्छनः
विभिन्न अध्ययनका अनुसार,कोखभित्र कुनै विशेष गीत वा लयमा आफ्नो दिमाग चलाउने जन्मिसकेपश्चात चलाख र बढी स्मरण शक्ति भएका हुन्छन्।





