सिराहा: स्वास्थ्य शिविरमा ३ हजार भन्दा बढीको स्वास्थ्य परीक्षण



२६ श्रावण २०७६, काठमाडौं

सिराहामा आयोजित निःशिुल्क स्वास्थ्य शिविरमा ३ हजार भन्दा बढीको स्वास्थ्य परीक्षण भएको छ।

शनिबार महाराजगञ्ज स्ववियूको प्राविधिक सहयोगमा सिराहा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको हो।

उक्त, शिविरमा ३ हजार बढीको स्वास्थ्य परीक्षण भएको छ भने ५ लाख बढीको औषधि निःशुल्क वितरण पनि गरिएको हो।

शिविरका लागि ३ जना विशेषज्ञ चिकित्सक, २ जना मेडिकल अधिकृत बाहेक अरु इन्टर्न र सहयोगी गरी १८ जनाको टोली खटिएको स्ववियू अध्यक्ष डा. मिलन गैरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्