एकदिने निःशुल्क प्रथामिक उपचार तालिम सम्पन्न



२४ साउन २०७६, काठमाडौं

ओम समाज डेन्टल हस्पिटल, विराज समाज र डिस्कभरी रोयल स्पोर्ट्स प्रालिको संयुक्त आयोजनामा भएको एक दिने निःशुल्क प्रथामिक उपचार तालिम एसियन पार्टी प्यालेस सुकेधारामा सम्पन्न भएको छ ।

‘राष्ट्रको लागि योगदान’ भन्ने मूल नारा लिएर विगत २ वर्ष देखिनै नेपालका विभिन्न जिल्लाहरुमा निशुल्क प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिदैं आएका डिस्कभरी रोयल स्पोर्ट्स प्रालिका प्रवन्ध निर्देशक तथा सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले प्रशिक्षण दिएका थिए ।

युएईमा सिकेको सीप नेपाली जनताहरुलाई निःशुल्क सिकाउने लक्ष्यका साथ युएईका व्यावसायी तथा सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले आफ्नो अभियानको चौथो चरणको तालिमको तयारी तीव्र भएको बताए ।

तालिममा प्राकृतिक विपत्ति, आकस्मिक अवस्था, दुर्घटनामा हरेक मानिसलाई कसरी जोगाउने भन्ने आधुनिक विधि र पद्धतिबारे सिकाइने प्राथमिक उपचार तालिमका बारेमा सबै जिल्लामा निःशुल्क प्रथामिक उपचार तलिम संचालन गर्ने उद्देश्य लिएका उप्रेतीले २६ जिल्लामा तालिम सम्पन्न गरिसकेका छन् ।

कार्यक्रममा मायाको चिनो सहित सम्मानित हुनेहरुमा नायक निखिल उप्रेती, रमेश उप्रेती, कलाकार निर्मल शर्मा, झापाका लछुमन काफ्ले, सरस्वती बास्तोला, साथै ओम अस्पतालका डा. सरोज घिमिरे, बिराज समाजका रामप्रसाद दाहाल, नायक नवीन खडका, गायक नन्दु राई, पत्रकार नविन धमला, सीता डोटेल, शुभा बिमली लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्