
२४ श्रावण २०७६, काठमाडौं
गएको आर्थिक बर्षमा देशका ४४ जिल्लाका ३ हजार ४२५ जनामा डेंगुको सक्रमण भेटिएको छ।
जुन संख्या पाँच बर्ष अघिको तुलनामा ११ गुणाले बढी हो।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तीन बर्षमा डेंगुको संक्रमण क्रमश बढ्दै गएको छ ।
आर्थिक बर्ष २०७३र७४मा १ हजार ५२७ जना, आर्थिक बर्ष २०७४र७५ मा २ हजार १११ जना र आर्थिक बर्ष २०७५र७६ मा ३ हजार ४२५ जनामा डेंगुको संक्रमण भेटिएको छ ।
आर्थिक बर्ष २०७१र७२ मा ३०२ जनामा भेटिएपनि आर्थिक बर्ष २०७२र७३मा डेंगु संक्रमितको संख्या केही घटेको थियो । सो बर्ष १३४ जना मात्रै डेंगु संक्रमित भेटिएका थिए ।
गत बैशाख ३० का दिन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो केश भेटिएको डेंगुले त्यसयताको चार महिनाको अवधीमा धेरैलाई सक्रमण गरेको छ ।





