
२४ श्रावण २०७६, काठमाडौ
अधिकांश नेपालीसँग मिल्ने एउटै रोग हो–ग्याष्ट्रिक
ग्याष्ट्रिक हुनुको मूख्य कारक तत्व भनेको खानपानको लापारवाही हो।
चिकित्सकीय भाषामा ग्यास्ट्राइटिस भनेर चिनिने ग्याष्ट्रिक रोग आम नेपालीहरुमा परिचित रोग हो।
पछिल्लो समयमा हेर्ने हो भने ग्याष्ट्रिक नभएको मानिस भेट्नै गार्हो हुन्छ।
जुन रोगको उमेर, लिग, धन–सम्पती, कुनैसँग पनि सम्बन्ध हुँदैन।
जुनसुकै मानिसलाई जुनै समयमा पनि आक्रमण गर्न सक्छ।
प्रायः नेपालीहरु भोकभाकै बस्ने, खाना भेटाएको बेला एकै साथ धेरै खाने, समयमा खाना खानुपर्छ भन्ने ज्ञान हुँदाहुँदै पनि हेलचेक्र्याईका गर्नका कारण ग्याष्ट्रिक शिकार बन्न पुगिरहेका हुन्छन्।
ग्याष्ट्रिक भईसकेपश्चात हरेक कुरामा ध्यान दिन आवश्य हुन्छ।
त्यसैले केही जानकारी तपाईहरुको लागिः

पानी पिउनुहोस्ः
प्रशस्ता मात्रामा पानीको सेवन गर्नूहोस्।
जसले तपाईको पेटमा ग्यास जम्मा हुन नपाउनुका साथै जिउमा समेत पानीको सन्तुलन कायम राख्दछ।
चिकित्सकहरुका अनुसार, पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रिङ्कको कदापी प्रयोग गर्नुहुँदैन।
जसले, तपाईको झन् पेटमा ग्यास बढाउँछ।
कार्बोहाइड्रेट कम खानुहोस्ः
कार्बाहाइड्रेट खाना पेटमा ग्यास जमेर पचाउन गाह्रो हुने भएकाले कम मात्रामा खानुहोस्।
बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट सकेसम्म टाढै बस्न चिकित्सकहरु सल्लाह दिन्छन्।
कागती पानी पिउनुहोस्ः
जब तपाईको पेटमा ग्यास जम्मा भएर बसेको समयमा कागती पानीको सेवन गर्नुहोस्।
जसले पेटको ग्यास हटाउनका साथै पेट फुल्न दिँदैन।
लसुन पानीको सेवन गर्नुहोस्ः
बिहान उठ्नासाथ खाली पेटमा दुई–तीन पोटी लसुन पानीसँग निल्नुहोस्।
जसले ग्यास्ट्रिक भएका व्यक्तिका लागि निकै फाईदाजनक मानिन्छ।

दूध नपिउनुहोस्ः
ग्याष्ट्रिक भएका व्यक्तिका लागि ग्याष्ट्रिक निकै हानिकारक मानिन्छ।
जुन ग्याष्ट्रिक भएका व्यक्तिले पचाउन निकै गाह्रो हुने भएकाल दूध नखानु नै बेस हुन्छ।
खाना समयमा खानुहोस्ः
ग्याष्ट्रिक भएका व्यक्तिले खानपानमा निकै ध्यान दिन आवश्यक हुन्छ।
यस्तो रोग भएका व्यक्तिहरुले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने चिकित्सकहरु सल्लाह दिन्छन्।
लामो समय केही नखाँदा पेटमा हावा भरिएर जसले विभिन्न समस्याहरु उत्पन्न हुन्छ।





