चितवनमा एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा



२४ श्रावण २०७६, काठमाडौं

चितवनमा एचआइभी सङ्क्रमितहरुले स्वास्थ्य बीमा गर्न शुरु गरेका छन्।

अहिलेसम्म जिल्लामा रहेका ११० जना सङ्क्रमितहरुले स्वास्थ्य बीमा गरेका हुन्।

स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत नै राखेर बीमा गर्न सुरु गरेका हुन्।

भरतपुर महानगरपालिकाले ५७, कालिका नगरपालिकाले १३, रत्ननगर नगरपालिकाले नौ, राप्ती नगरपालिका र माडी नगरपालिकाले आठ र खैरहनी नगरपालिकाले पाँच जनाको स्वास्थ्य बीमा गरेको भरतपुर अस्पताले जानकारी दिए।

सङ्क्रमितहरुको स्वाथ्यमा निकै समस्य देखिन थालेपश्चात भदौबाट लागू हुनेगरी उनीहरुको बीमा गरिएको अस्पताले बताए।

अहिले जिल्लामा एक हजार ७२९ जना सङ्क्रमित रहेका छन् भने जसमध्ये ८९७ जनाले नियमित औषधि सेवन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्