सावधानः अस्पतालमा बिरामीलाई भेट्न जानुभन्दा अघि जानकार हुनुहोस् यी कुरामा



२४ श्रावण २०७६, काठमाडौं

रोगबाट ग्रसित भईसकेपश्चात सबै मानिस जाने भनेको अस्पताल हो।

बिरामी हुने बित्तिकै अस्पताल नपुग्ने मानिस यहाँ कमै मात्रामा भेटिएलान्।

बिरामी भएर अस्पतालमा भर्ना भएका परिवार, इष्टमित्र, साथी–भाई भेट्न जान आतुर भने पक्कै पनि सबै जनालाई हुन्छ नै!

तर…..

अस्पतालमा बिरामी भेट्न आउनेको सङ्ख्या भने धेरै नै हुन्छ।

आफ्नो आफन्त बिरामी हुँदा भेट्न जानु भनेको पनि स्वभाविकै हो।

तर….

अस्पतालमा यसरी बिरामी भेट्न जाँदा धेरै कुराहरु ध्यान दिन आवश्यक हुन्छ।

जुन कुरा हामी तपाईहरुलाई जानकारी दिदैछौँः


–बिरामी भेट्न जाँदा बिरामीको शय्यामा धेरै किटाणु हुने भएकाले कहिल्यै बस्नुहुँदैन।

किनकि, जसबाट सरुवा रोगका लक्षणहरु लगाएत अन्य किटाणुहरु हाम्रो शरिरमा सर्न सक्ने धेरै नै सम्भावना हुन्छ।

सकेसम्म रुघा खोकी, इन्फ्लुएन्जा, झाडापखाला, दादुरा जस्ता सरुवा रोगका बिरामीहरु भेट्न नजान चिकित्सकहरु सल्लाह दिन्छन्।

–बालबालिकाहरुको रोगसँग लड्नसक्ने क्षमता कम भएकाले अति जरुरी बाहेक अरु अवस्थामा अस्पतालमा लैजानु हुँदैन।

–अस्पतालमा अनेकौ रोगको संक्रमण भएका बिरामी आउने भएकाले सकेसम्म छोटो भेटघाट गर्नुहोस्।

–हरेक अस्पतालमा आफ्नै फोहोरमैला व्यवस्थापान गर्ने प्रणाली हुन्छ।

त्यसैले, कुन फोहोर, कुन डस्टबिनमा फाल्ने थाहा नभएका बिरामीका आफन्तले ड्युटीमा रहेका परिचारिका (नर्स) लाई सोध्नुहोस्।

बिरामीलाई भेट्न जाने क्रममा साबुन–पानीले राम्रोसँग हात सफा गरेर मात्रै जाने र भेटिसकेपश्चात यसरी नै हात सफा गर्न चिकित्सकहरु बताउँछन्।

किनभने, बिरामी भेट्न जाने क्रममा हातका किटाणुहरु बिरामीलाई पनि सर्नसक्छ र बिरामीको रोग आफन्तलाई सर्नसक्ने सम्भावना हुन्छ।

बिरामीलाई भेट्न जाने क्रममा फूलको गुच्छा नभएर पुस्तक, पत्रिकाजस्ता उपहार लगिदिन चिकित्सकहरु बताउँछन्।

किनभने, फूलमा किटाणुहरु रहनसक्ने हुँदा सक्रमण फैलन सक्छ।

–क्यान्सर भएको भएको बिरामीलाई भेट्न जादै हुनुहुन्छ भने बिरामीले खान हुने र नहुनेको जानकारी लिएर मात्रै लानुहोस्।

प्रतिक्रिया दिनुहोस्