विद्यार्थी भर्नाका लागि मेडिकल तथा डेन्टल कलेजलाई निर्देशन



२४ श्रावण २०७६, काठमाडौं

शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको प्रतिधिनि सभा अन्तरगर्तको मेडिकल कलेजको शुल्क विवाद लगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिले अध्ययन पुरा गरेको जनाएको छ।

मेडिकल डेन्टल कलेजहरुको भर्ना समय आइसकेको भन्दै शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा, भर्ना तथा शुल्क सम्वन्धी विषयमा १० बुदे निर्देशन जारी गर्न भएको हो।

आज शुक्रबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मेडिकल कलेजको शुल्क विवाद लगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिका संयोजक सुरेशकुमार राईले समिति सभापति जयपुरी घर्ती समक्ष १० बुँदे निर्देशनको मस्यौदा बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्