
२३ श्रावण २०७६, काठमाडौं
भरतपुर अस्पतालमा सुत्केरी गराउनेको संङ्ख्या बढिरहेको छ।
गत आर्थिक वर्षमा १३ हजार ५४५ महिलाले अस्पतालमा बच्चा जन्माएका हुन्।
जसमध्ये १३ हजार ३२७ जीवित बच्चा जन्मेका थिए भने बाँकी मृत अवस्थामा जन्मेको भरतपुर अस्पतालले जानकारी दिए।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हरेक वर्ष सुत्केरी हुने आमाको सङ्ख्या बढ्दो छ। प्रसूतिगृह पछि सबैभन्दा बढी बच्चा यही अस्पतालमा जन्मने गर्दछन्।
अघिल्लो आवमा १३ हजार ५२५ महिलाले बच्चा जन्माएका थिए भने आव २०७३/७४ मा यो सङ्ख्या १२ हजार ९८० रहेको थियो।
त्यसैगरी गत आवमा बच्चा जन्माउनेमध्ये चार हजार ६७ जनाको शल्यक्रिया गरिएको थियो भने अन्यको सामान्य ढङ्गबाट सुत्केरी गराइएको पौडेलले जानकारी दिए विगतका वर्षहरुमा पनि यही अनुपातमा शल्यक्रिया हुने गरेको छ।
अस्पतालमा आउने बिरामीको सङ्ख्या धेरै रहेको छ। विभिन्न कारणले आमा र शिशुको उपचारका क्रममा मृत्यु हुने गरेको अस्पतालले जनाएको छ।





