
२३ श्रावण २०७६, काठमाडौं
स्वस्थ रहनु भनेको जीवनमा सबै भन्दा बढी खुसी प्राप्ता गर्नु हो।
त्यसैले, त हरेक मानिसको रोजाई हुन्छ–स्वस्थ जीवन
जसका लागि स्वस्थकर खानपान गर्न आवश्यक हुन्छ।
जस मध्ये एक हो–अनार
अनार मन नपराउने यहाँ कमै मात्रामा भेटिएलान्।
खानामा निकै स्वादिलो अनार स्वास्थ्यको लागि पनि उत्तिकै लाभदायिक मानिन्छ।
त्यसैले, अनारको बिषयमा केही जानकारी तपाईहरुको लागिः

–नियमित अनारको सेवनले हृदयाघात र स्ट्रोकको जोखिमबाट बचाउँने काम गर्दछ।
–अनारमा प्रशस्त मात्रामा आइरन पाईन्छ।
त्यसैले, रक्त अल्पता भएका बिरामीका लागि निकै फाईदाजनक मानिन्छ।
चिकित्सकहरुका अनुसार, अनारको नियमित सेवनले शरिरमा रगतको मात्रा ठिक हुनका साथै मुटुका रोगीहरुका लागि निकै फाईदाजनक मानिन्छ।
–हरेक समय अनारको सेवनले प्रोस्ट्रेटको क्यान्सर लाग्ने जोखिमबाट बचाउँने काम गर्छ।
–यौन शक्ति बढाउँनका अनारको सेवन गर्नुहोस्।
प्रत्येक दिन अनारको सेवनले स्तन र फोक्सोको क्यान्सर हुने सम्भावनाबाट बच्ने चिकित्सकहरु बताउँछन्।
–गर्भावस्थामा अनारको सेवनले जन्मिने बच्चाको निकै स्वास्थ्य अनि राम्रो हुन्छ।





