निःशुल्क प्राथमिक उपचार तालिम सञ्चालन हुँदै



२२ साउन २०७६, काठमाडौं

ओम समाज डेन्टल हस्पिटल तथा विराज समाजको संयुक्त आयोजनामा निःशुल्क प्राथमिक उपचार तालिम आउदो २४ गते शुक्रबार हुने भएको छ ।

डिस्कभरी रोयल स्पोर्ट्स प्रालि नेपालका प्रबन्ध निर्देशक तथा तालिमका प्रमुख प्रशिक्षक ओमप्रसाद उप्रेतीका अनुसार आज भन्दा अगाडी सञ्चालन गरिएका शिबिर सहभागिहरुले प्रभावकारी र भएकोले तालिमको आयोजना गरिएको हो ।

प्रशिक्षक ओम उप्रेतीकाका अनुसार निःशुल्क प्राथमिक स्वास्थ्य शिविर शुक्रबार बिहान १० बजेबाट सञ्चालन हुने छ । प्राथमिक उपचारको अभावका कारण अकालमा ज्यान गुमाउनेहरुको संख्यालाई न्यूनिकरण गर्ने उदेश्यले शिविर आयोजना गरिएको हो ।

आगामी असोज ५ देखि १७ गते सम्म पश्चिमका विभिन्न जिल्लाहरुमा स्वास्थ्य शिविर सञ्चालन गरिने प्रशिक्षक उप्रेतीले बताए । आयोजक संस्थाले तालिममा इच्छुक सहभागीहरुको नाम दर्ता गराउन ओम समाज डेन्टल हस्पिटलको कार्यालय चाबहिलमा सम्पर्क गर्नुपर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्