सावधानः भुलेर पनि नभन्नुहोस् आफ्नो साथीलाई यी कुरा



२२ श्रावण २०७६, काठमाडौं

मानिस एक सामाजिक प्राणी भएकाले समाजमा एक्लै बस्न सक्दैन।

जुन समाजमा बस्दा दुःख–सख साटन आफ्नो मनको भावना व्यक्त गर्न साथीको आवश्यकता पर्दछ।

साथी बनाउँदा नत जात हरिन्छ, नत धर्म, नत धन!

जब हामी एक–अपासको सम्पर्कमा आएपश्चात मन मिल्न पुग्छ।

एक–अर्काको व्यवहार मन पर्न थालेपछि साथीको सम्बन्धमा बद्लिन्छ।

चाहे बाल्यकाल होस् , युवावस्था,वयस्क नै किन नहोस्– मित्रताको सम्बन्ध बनेको हुन्छ।

प्रायः मानिसहरु भन्ने गर्छन्।

साथीबिनाको जिन्दागी अपूरो हुन्छ।

जुन साथीले आफुलाई दुःख पर्दा साथ र हौसला दिन्छ।

त्यसैले, हामी आफ्नो साथीलाई बिश्वास गरेर हरेक कुरा भन्छौं।

तर त्यही साथीसँग अचानक सम्बन्ध विग्रिन पुग्यो भने त्यही साथी सबैभन्दा ठूलो दुश्मन बन्न सक्छ।

 आफ्नो जत्तिनै दुःख–सुख वुझ्ने साथी नै भए पनि केही कुराहरु होश पुर्याएर मात्रै सुनाउने गरौं।

जसमध्ये यी कुराहरु आफ्नो नजिकै साथी भए पनि नसुनाउनुहोस्ः

–परिवारको भित्री रहस्य र सम्बन्ध कहिल्यै नसुनाउनुहोस्।

–आफ्नो श्रीमतीसँगको गोप्य कुराहरु भने कहिल्यै सुनाउनु हुँदैन।

किनभने आज जत्ति नै घनिष्ठ भएको साथी भोली गएर जिन्दागीको सबैभन्दा ठुलो शत्रु बनेर दुःख दिन सक्छ।

–आफ्नो घर–परिवारको आर्थिक अवस्था नसुनाउनुहोस्।

प्रतिक्रिया दिनुहोस्