मन्त्रालयद्धारा नवौँ र दशौँ तहका २६० जना चिकित्सकको पदस्थापन



२२ श्रावण २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजनपश्चात नवौँ र दशौँ तहका चिकित्सकहरुको पदस्थापन गरेको छ।

मन्त्रालयले गत २० साउनको सचिवस्तरीय निर्णय अनुसार नवौँ र दशौँ गरी २६० जना चिकित्सकको पदस्थापन गरेको हो।

पदस्थापनपश्चात कर्मचारीको विवरण वेवसाइटमा राख्ने तयारी रहेको मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले बताए।

निकै ढिलो शुरु भएको स्वास्थ्यको समायोजन र पदस्थापनको कार्यलय पछिल्लो समय केही गति बढाएको देखिएको छ।

२७ हजार बढी कर्मचारीको पदस्थापन गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले अहिलेसम्म एक तिहाई भन्दा केही बढीको पदस्थापन पत्र पठाएको बताए।

प्रतिक्रिया दिनुहोस्